तीन दिन वीपी प्रतिष्ठानमा यी सेवाहरु बन्द हुन्छन्

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग सेवा, प्रशासनिक तथा शैक्षिक सेवा तीन दिन विदा हुने भएको छ ।

प्रतिष्ठानले आज एक सुचना जारी गर्दै विजया दशमीको अवसरमा कार्तिक ७ गते फुलपातीका दिन, ९ गते महानवमी र १० गते विजयादशमी (टिकाको दिन) उल्लेखित सेवाहरु बन्द रहने जनाएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका अनुसार यी दिनहरुमा पनि अन्तरंग सेवा, आकस्मिक सेवा र कोरोना भाइरसको उपचारको लागि सञ्चालनमा रहेका फिवर क्लिनिक, हेल्प डेस्कहरु भने सञ्चालन हुनेछन् ।

प्रतिष्ठानका अनुसार विश्वव्यापी कोभिड–१९ को बढ्दो संक्रमणका कारण प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा विरामीहरुको संख्या बढ्दो छ । सोहि क्रममा कोभिड रोकथाम तथा उपचारका लागि गरिने कार्यहरुलाई समेत निरन्तरता दिइने भएको छ ।

प्रतिक्रिया