नेपाल इन्भेस्टमेन्ट बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी–९ मा खोलेर आफ्नो कार्य विस्तार गरेको छ।

शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए। मच्छेगाउँ एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

नवस्थापित एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी बैंकिङ सेवा प्रदान गर्ने छ ।

प्रतिक्रिया