पार्किङबाट मोटरसाइकल चोरी, २ जना प्रहरीकाे फन्दामा

सुनसरी । ईटहरी उपमहानगरपालिका-६ स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको को२४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवानगञ्ज गाउँपालिका-३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया