मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विराटनगरमा नेपालकै ठुलो अनलाइन फार्मेसी ‘नेपमेड्स’ सञ्चालनमा आउँदै

काठमाडाैं । विराटनगरमा नेपालकै ठुलो अनलाइन औषधि बेच्ने ‘नेपमेड्स’ सञ्चालनमा आउने भएको छ । काठमाडौं र चितवन पछि प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘नेपमेड्स’ सञ्चालनमा आउने भएको हो ।

विराट मेड्स र आरा ग्रुपको साझेदारीमा विराटनगर-९ स्थित ग्रीनक्रस असपतालसँगै शोरुम सहित सञ्चालनमा ल्याइएको सञ्चालक सौरभ अधिकारीले बताए । नेपमेड्सले कार्तिक ५ गतेदेखि आफ्नो अनलाइन तथा आउलेट सञ्चालन गर्ने तयारी गरेको छ ।

नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत् पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुविधा सहित सञ्चालन हुन लागेको नेपमेड्स विराटनगरका अध्यक्ष विवेक दाहालले जानकारी दिए ।

साथै फेसबुक, इन्स्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जालकाे प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गइ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने दाहालले जानकरी दिए ।

१० हजार भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो । नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भएको र हालसम्म करीब ४५ हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २० हजार भन्दा बढी ग्राहकलाई अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो मोबाइलको प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ ।

नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा १० प्रतिशतको छुट प्रदान गर्दै आएको छ । नेपमेड्सले न्युनतम ५ सयको औषधि खरिदमा फ्री होम डिलेभरीको प्रबन्ध गरेको छ । नियमित सेवन गर्ने औषधीको रेकर्ड नेपमेड्स आफैले राख्ने हुँनाले औषधी सकिनु अगावै जानकारी दिने र पुर्‍याउने काम गरिरहेको छ ।

यसैगरी, नेपमेड्सले हाल आइएमइ पे बाट भुक्तानी गर्दा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

प्रतिकृयाहरु
Loading...