कोरोना संक्रमणबाट मोरङमा अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विराटनगरमा अस्पताल सञ्चालकसहित चार जनाकाे मृत्यु भएकाे छ ।

पथरीमा रहेकाे माेरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाकाे मृत्यु भएकाे हाे । आइतबार राति र सोमबार बिहान चार जनाकाे मृत्यु भएकाे बताइएकाे छ । न्युरो अस्पतालमा उपचाररत पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरूषकाे साेमबार बिहान ३ बजे मृत्यु भएको हाे । उनीमा असाेज २२ गते काेराेना पुष्टि भएकाे थियाे ।

यस्तै, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरूषको पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । नोबेल शिक्षण अस्पतालमा उपचाररत ति पुरूषकाे सोमबार बिहान ९ बजेतिर मृत्यु भएको हाे । उनीमा असाेज २९ गते काेराेना पुष्टि भएकाे थियाे । उनी निमाेनियाका बिरामी थिए ।

यस्तै नाेबेल अस्पतालमै ६६ वर्षीय वृद्ध पुरूषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । उनको असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार नोबेल भर्ना गरिएको थियो।

कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित विराटनगर–२ की ६० वर्षीया एक महिलाको पनि काेराेना संक्रमणबाट मृत्यु भएको छ । उनीमा असाेज १९ गते काेराेना पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया