काेराेना संक्रमणबाट भरतपुरमा एक जनाकाे मृत्यु

चितवन । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट चितवनमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

चितवन मेडिकल कलेज (सीएमसी) मा उपचाररत भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय काेराेना संक्रमित पुरुषको    आज बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

ती पुरूषलाई  ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित थिए । उपचारका क्रममा उनकाे आज मृत्यु भएकाे हाे ।

प्रतिक्रिया