मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

रौतहटमा कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाए

रौतहट । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइतबार मृत्यु भएका दुई जनासहित उक्त संख्या पुगेको हो ।

पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका– ७ मा शव व्यवस्थापन गरेको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिवार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो । –रासस

प्रतिकृयाहरु
Loading...