कार्तिक ३ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०३ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया,३१ घडी ४४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–विशाखा,१२ घडी ३२ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त अनुराधा । योग–आयुष्मान,३२ घडी ३७ पला,बेलुकी ०७ बजेर ०९ मिनेट उप्रान्त सौभाग्य । करण– तैतिल,बिहान ०७ बजेर ५६ मिनेट उप्रान्त गर,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २८ घडी २५ पला । शारदीय नवरात्र।

आजको बार बेला ।
बिहान ०६ बजेर ०७ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ०८ मिनेटदेखी बिहान ७ बजेर ३२ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखी बिहान ८ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ५८ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर १३ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर १४ मिनेटदेखी दिउसो २ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर ३९ मिनेटदेखी बेलुकी ४ बजेर ०४ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ०५ मिनेटदेखी बेलुकी ७ बजेर ०४ मिनेटसम्म चर बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ३१ मिनेटदेखी बिहान ०८ बजेर ५७ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कष्ट भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले मेसिन तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु तपाईँकै व्यावहारले टाडिन सक्छन् । काम तथा अध्ययनको सवालमा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आफ्नो गोप्य कुरा अरुले थाहापाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । मन मिल्ने साथिसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ भने घर परिवारको पति पत्नी बीच मनमुटाव बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुनेछ किनकि भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुने योग रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामि हुने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाईँ आफैलाई आत्मघाति हुन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानि हुनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने तपाईबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगति गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा साबधानि अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपकिन बाटोमा दुःख हुन सक्छ ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया