सुनसरी प्रहरीद्वारा प्रहरी दिवसमा विभिन्न व्यक्तित्वलाई सम्मान

सुनसरी । समाजमा व्याप्त अपराध न्युनिकरणमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्मानीत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले एक कार्यक्रमका विच ११ जना सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले उनीहरुलाई सम्मान गरेको जनाएको छ । सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका ३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका ७ का रमेश यादव, इनरुवा नगरपालिका ३ कै जिनियस निरौला रामधुनि नगरपालिका १ कि रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा न ६ का जीवन पराजुली रहेका छन् ।

यसैगरी निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका ४ का हाजी इसराइल मन्सुरी, इटहरी उपमहानगरपालिका ४ का खगेन्द्र श्रेष्ठ, इनरुवा नगरपालिका ३ का जय प्रकाश शाह, कोशी गाउँपालिका ८ का मनोज सिपलिया यादव र हरिनगर गाउँपालिकाका एयुव अन्सारी रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी प्रमुख कमल थापाले सम्मान गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न क्षेत्रमा सक्रिय रहेर समाजमा अपराध नियन्त्रण र प्रहरी–जनताविच सुमधुर सम्बन्ध कायम गर्न योगदान पुर्याए वापत उनीहरुलाई सम्मानीत गरिएको हो ।

प्रतिक्रिया