मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

वेस्टर्न युनियनको “दशैंको सौगात” : नगद रकम जित्ने यहीँ हो मौका

काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा एक देशको सीमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “दशैंको सौगात” प्रबद्र्धन योजना ल्याएको छ । ग्राहकले उक्त योजनामार्फत कार्तिक १ गतेदेखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालितरुपमा साप्ताहिक ड्र मा समावेश हुने छ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले रु. २५,००० जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिनेछ ।

यस बाहेक, प्रबद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालितरुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषित गरिनेछ ।
“वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौँ ।

‘नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले ‘‘दशैंको सौगात” प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं, यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाँड्दै हाम्रो ग्राहकहरुको लगनशीलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो”, वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने ।

 

प्रतिकृयाहरु
Loading...