एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल खरिदमा विषेश छुट

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल खरिदमा विषेश छुट पाउने भएका छन् । मोबाइल किन्दा १० प्रतिशतसम्म वा १ हजारसम्म नगद फिर्ता पाउने भएका हुन । जसको लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको हो ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख(रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका छन् ।

यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यसाथ आईएमएसले यो अभियान शुरू गरेको हो । एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १० प्रतिशतसम्म छुट वा एक हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १ सय ८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १ सय ३५ वटा एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया