मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘मार्सी’ बियर उत्पादन गर्दै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘मार्सी’ बियर उत्पादन गर्ने भएका छन् । मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा  आउने भएको हो । प्रसाईँले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेर टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका हुन ।

उनको कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन् । हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन् । मार्सी बियरको ट्रेडमार्क दर्ता गरिसकेको छ । र अहिले बोत्तलहरूको तयारी अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ । फ्याक्ट्री प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन क्षमताको छ ।

नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो ।

 

 

प्रतिक्रिया