कैलालीमा गस्तीमा खटिएका असईको हत्या, हवल्दार बेपत्ता

काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएकाे छ भने एक हवल्दार बेपत्ता भएका छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको हत्या भएकाे हाे । असई विकको शव मोहना नदीमा फेला परेको बताइएकाे छ । सँगै गस्तीमा निस्किएका हवल्दार रामबहादुर साउद भने बेपत्ता रहेका छन् ।

तस्कर समूहले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया