रोनाल्डो बिना युभेन्टस बराबरीमा रोकियो

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस क्रोटोनेसँग १–१ गोलले बराबरीमा रोकिएको हो ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएर अनुपस्थित भएको यस खेलमा युभेन्टस खेलको ६०औ मिनेटमा फेडेरिको चिइसाले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

क्रोटोनेका लागि खेलको १२औ मिनेटमा साइमन नवान्कोले पेनाल्टीबाट गोल गरेका थिए भने खेलको २१औ मिनेटमा युभेन्टसका लागि अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । यस बराबरीपछि युभेन्टसको यस सिजनमा ४ खेलमा २ जित र २ बराबरी सहित ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा एसी मिलानले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको छ । मिलान डर्बीमा एसी मिलानका लागि दुवै गोल जलाटन इब्राहिमोविचले गरेका थिए ।

उनले खेलको १३औ र १६औ मिनेटमा गोल गर्दै एसी मिलानलाई जित दिलाएका थिए । कोरोना संक्रमण भएपछि ठिक भएर इब्राहिमोविच पहिलो खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्तै इन्टर मिलानका लागि एक गोल रोमेलु लुकाकुले खेलको २९औँ मिनेटमा फर्काएका थिए ।

यो जितपछि यस सिजनमा एसी मिलानले आफ्ना चारै खेल जितेर १२ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ भने इन्टर मिलानले ४ खेलमा २ जित एक बराबरी र एक हार बेहोर्दै ७ अंक बटुलेको छ ।

प्रतिक्रिया