ला लिगाः रियल म्याड्रिडको अप्रत्याशित हार, गेटाफेसंग बार्सिलोना स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।

काडिजको जितमा खेलको १६औ मिनेटमा एन्थोनी लोजानाले खेलको एक मात्र गोल गरेका थिए । आगामी अक्टोबर २४ मा हुने एल क्लासिको अघि रियल म्याड्रिड र बार्सिलोना दुवै आआफ्नो खेलमा पराजित भएका छन् ।

बार्सिलोना पनि गएराती सम्पन खेलमा गेटाफेसँग १-० गोल अन्तरले पराजित भएको छ । कोलिसिअम अलफोन्सो पेरेज स्टेडियममा बार्सिलोनालाई पराजित गर्न घरेलु टोली गेटाफेका जेइमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।यो हारपछि रियल म्याड्रिडको ला लिगामा ५ खेलमा ३ जित एक बराबरी र एक हारसँगै १० अंकसहित शीर्ष स्थानमा छ भने काडिजको ६ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया