एनएमबि बैंकका ग्राहकहरुलाई सिजिका उत्पादनको खरिदमा छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकले सिजिका कुनैपनि उत्पादनहरुमा आकर्षक अफर पाउने भएका छन् ।

एनएमबि बैंकका ग्राहकहरुले सिजिको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत ‘एनएमबि दशैं नगद फिर्ता अफर’ प्रदान गर्ने विषयमा सिजिसँग द्विपक्षिय समझदारी भएको छ ।

यसपालीको दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यसाथ सिजिले यो अभियान सुरु गरेको एनएमबि बैंकले बताएको छ ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया