सञ्चालनमा आयो ‘हङ्ग्री वेल्स’

काठमाडौं । ‘हङ्ग्री वेल्स’ फास्ट फुड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । आजबाट ललितपुरको झम्सिखेलमा औपचारिक रुपमा ‘हङ्ग्री वेल्स’ सञ्चालनमा आएको हो ।

घटस्थापनाको शुभ साइत पारेर आज एक कार्यक्रमका विच ‘हङ्ग्री वेल्स’का सञ्चालक शिशिर सिंखडाको उद्घाटन गरे ।

‘हङ्ग्री वेल्स’ अहिलेको व्यस्त जीवन शैलीमा स्वस्थकर ‘फास्ट फुड’ रुचाउनेहरुका लागि उत्कृष्ठ गन्तब्य हुने सञ्चालक सिंखडाको भनाई छ । शैक्षिक परामर्श व्यवसायमा आठ वर्षदेखि सक्रिय युवा व्यवसायी शिशिर सिंखडाले व्यस्त शहरी जीवनशैलीमा आम उपभोक्तालाई स्वस्थ तथा स्वच्छ फास्ट फुड दिने उद्देश्यले ‘हङ्ग्री वेल्स’ सञ्चालनमा ल्याइएको बताए ।

‘स्वस्थ खाउँ स्वस्थ जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको ‘हङ्ग्री वेल्स’ मा क्रन्ची फ्रायड चिकन, क्रिस्पी चिकन, ग्रिल चिकन, हट एण्ड क्रेस्पी लगायत चिकनका विभिन्न आइटमहरु सर्वसुलभ मुल्यमा उपलब्ध छन् ।

‘फास्टफुड पारखीहरुलाई स्वच्छ र स्वस्थ खाना पस्किनकालागि ‘हङ्ग्री वेल्स’ आएको छ । यहाँ तपाईंहरुले हरेक कुरा हाइजेनिक पाउनु हुन्छ ।’ उनले भने ।

सिंखडाका अनुसार ‘हङ्ग्री वेल्स’ले सरसफाई र शुद्धतालाई विशेष ख्याल गरेको छ । ग्राहकले प्रत्यक्ष रुपमा परिकार तयार गरेको हेर्न सकुन्, भनेर आधुनिक लाइभ किचन छ । ‘किचन सफा भएन भने स्वस्थकर परिकार बनाउन सकिँदैन, सरसफाइमा विशेष ध्यान दिएका छौं, स्वस्थकर चिकेन मात्र प्रयोग गर्छौं ।’ सिंखडाको दावि छ ।

हङ्ग्री वेल्स’ मा पाइने जुनसुकै आइटम शतप्रतिशत स्वस्थकर मरमसला बाट तयार पारिएको छ । खासगरी कुनैपनि परिकार स्वस्थ हुन त्यसमा प्रयोग हुने मरमसला र तेलको भूमिका महत्वपूर्ण हुने भएकोले ‘हङ्ग्री वेल्स’ ले प्रयोग गर्ने मरमसला र तेलमा विशेष ध्यान पुर्याएको छ ।

‘हङ्ग्री वेल्स’ मा क्रन्ची चिकनमै १५ वर्षदेखि पोख्त, अनुभवी सेफ रहेका छन् । जो आफैं क्रन्ची तालिम दिने सेफ पनि हुन् । यसका अलावा किचनमा काम गर्नेहरु विशेष तालिम प्राप्त र सरसफाईमा उत्तिकै ध्यान दिने कर्मचारीको व्यवस्था गरिएको छ ।

‘हङ्ग्री वेल्स’ ले ‘होम डेलिभरी’ को समेत सुविधा दिएको छ । ‘हङ्ग्री वेल्स’ का आइटमहरु फुडमाण्डू र भोग डील मार्फत घरघरमै उपलब्ध हुने सुविधा छ ।

सञ्चालक सिंखडाले ‘हङ्ग्री वेल्स’ का आउटलेटहरु निकट भविष्यमै बसन्तपुर, दरबारमार्ग, नयाँ बानेश्वर तथा राजधानी बाहिरसम्म विस्तार गर्ने योजना रहेको पनि बताएका छन् । ‘तत्कालका लागि ललितपुरको झम्सिखेलमा भएपनि केही समयपछि यसका आउटलेटहरु उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर पनि खोल्ने योजना बनाएको छु ।’ उनले भने ।

तस्विरः सागरबाबु भट्टः मकालु खबर

प्रतिक्रिया