वीरगञ्जबाट २२ किलो ४ सय ग्राम सुन बरामद

काठमाडौं । प्रहरीले वीरगञ्जबाट २२ किलो ४ सयग्राम सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको कुम्हाल टोलमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेर उक्त सुन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सुनको बारेमा विस्तृतमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

कुँवरका अनुसार अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे ।

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

बरामद गरिएका सुनको स्वरुप के कस्तो छ ?

  • सुनजस्तो देखिने धातु बिस्कुट १ केजीको दरले १३ केजी ।
    सुनजस्तो देखिने बिस्कुट मझौला न्यमि ४६ पीस ८ केजी ५७६ ग्राम
    सुनजस्तो देखिने बिस्कुट सानो १०० ग्रामको दरले १० पीस १ केजी
    सुनजस्तो देखिने बिस्कुट जम्मा २२ केजी ५७६ ग्राम
    सुनजस्तो देखिने धातुको विभिन्न गर–गहानाहरु जम्मा ६८१ ग्राम
    चाँदीजस्तो देखिने गर–गहना तथा थाललगायत भाडाकुँडा २ केज २६२ ग्राम
प्रतिक्रिया