कार्तिक १ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०१ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,४३ घडी २८ पला,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा,२० घडी ४६ पला,दिउसो ०२ बजेर २४ मिनेट उप्रान्त स्वाती । योग–विष्कुम्भ,४७ घडी ५८ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त प्रिती । करण– किंस्तुध्न,दिउसो १२ बजेर ४१ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी ३३ पला । कार्तिक संक्रान्ति। मातामह श्राद्ध। घटस्थापना। शारदीय नवरात्र प्रारम्भ (नलास्वने)।

आजको बार बेला ।
बिहान ०६ बजेर ०५ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ०६ मिनेटदेखी बिहान ७ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ३२ मिनेटदेखी बिहान ८ बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५८ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर १४ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १५ मिनेटदेखी दिउसो २ बजेर ४० मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ४१ मिनेटदेखी बेलुकी ४ बजेर ०५ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ०६ मिनेटदेखी बेलुकी ७ बजेर ०५ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनसाथिको माध्यामबाट घरपरिवारमा सुख समृद्धि बढ्नेछ भने आफन्तका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बौद्धिक क्षमताले सम्मान दिलाउनेछ । भौतिक तथा विलाशी बस्तुको कारोबारमा समान्य बृद्धि हुनेछ । उचित प्रेममात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पद प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ भने दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा काम गर्न सकिनेछ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात नलाग्ने हुँदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भनेजस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । सन्तान,छोराछोरि तथा आफन्तले तपाईको कामको खासै समर्थन गर्ने छैनन् । माया प्रेममा चिसोपनको बिकास हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मिय साथि तथा आफन्तसँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबारमा विवाद हुने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । बिबादित बिषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्र्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आजको प्रयास र व्यापारबाट दीर्घकालिन फाइदा हुनेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्नुहोला समय राम्रो रहेकोछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ भने नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । सहयोगीहरूको साथ र सहयोगले राम्रा काम गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्रा काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानी गरि आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । छोटो तथा लामो दुरिको यात्राको योग रहेकोछ भने विदेशी लगानिबाट सञ्चालीत सस्थामा काम पाउने सम्भावना रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया