अख्तियारको स्टिङ अपरेसन : हवल्दार दम्पती ४ लाख घुससहित पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटबलका प्रहरी हवल्दार दम्पती ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटबल कार्यालयबाट खटिएको टोलीले प्रहरी हवल्दार शिवचन्स हानी र उनकी श्रीमती निर्मला केवटलाई पक्राउ गरेको हो ।

आयोगका अनुसार हवल्दार दम्पतिले प्रहरी थुनामा रहेका आरोपितलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चारलाख घुस लिएको बुझिएको छ । विशेष सूचनाको आधारमा आयोगले उनीहरुलाई रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसल नजिकबाट रंगेहात पक्राउ गरेको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए ।

प्रतिक्रिया