बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर निर्धारण गरे, कुन बैंकमा सस्तो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर निर्धारण गरेका छन् । भोलिबाट कार्यान्वयन हुने स्थिर ब्याजदर बैंकहरुले सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंकले १ वर्षमाथिका ब्यक्तिगत आवधिक ऋणको १ महिनाअघि ब्याजदर स्थिर गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । बैंकहरुले तत्काल कार्यान्वयन गर्न कठिन हुने भन्दै केही समय माग गरेका थिए । राष्ट्र बैंकले १५ दिन समय थपिदिएर कात्तिक १ गते पुर्याइदिएको थियो ।

केही बैंकहरुले यस अघिबाटै स्थिर ब्याजदर कार्यान्वयन गरिसकेका थिए । अधिकांश बैंकहरुले भने भोलिबाट कार्यान्वयन गर्न ब्याजदर सार्वजनिक गरेका छन् ।

कुन बैंकको व्याज कति ?

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साढे ९ देखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत ब्याजमा पाइन्छ । सात वर्षसम्मको गाडी कर्जा साढे नौ प्रतिशतमा पाइन्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले समय अवधि अनुसार स्थिर ब्याज दर निर्धारण गरेको छ । सोे बैंकले १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ ।

त्यस्तै, १० वर्ष अवधिको सवारी साधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ । अन्य ऋणको ब्याज दर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ ।

बैंकको ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत ब्याजमा नै पाइन्छ । सवारी साधन ९.९९ प्रतिशत ब्याजमै उपलब्ध हुने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

इन्भेष्टमेन्ट बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले सात वर्ष अवधिको सवारी साधन किन्न १०.७५ प्रतिशत ब्याजमा पैसा दिने छ । घर कर्जा समय अनुसार फरक छ । जस्तो १० वर्षसम्मको भर कर्जाको ब्याज साढे १२ प्रतिशत रहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थिर ब्याजदर सार्वजनिक गर्दै समय अवधि अनुसार ब्याज १०.७५ देखि १३.७५ प्रतिशतसम्म लिने घोषणा गरेको छ ।

५ बर्षसम्मको सवारी र घर कर्जाको ब्याज १०.७५ प्रतिशत छ । सात वर्षसम्मको सवारी कर्जाको व्याजदर ११.७५ प्रतिशत रहेको छ । १० वर्षमाथिको घरको कर्जाको ब्याज १३.७५ प्रतिशत कायम गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले ५ र १० र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरेको छ । बैंकले समय अवधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिने बताएको छ ।

बैंकसँग १५ वर्षसम्मको घर कर्जाको लिने हो भने सवा १२ प्रतिशतसम्म ब्याजमा पैसा पाइने छ । ३ वर्षभन्दा माथिको सवारी कर्जाका लागि १० प्रतिशतकै हाराहारीमा पाइन्छ ।

नेपाल बैंक

नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ६.९९ प्रतिशत आधारदर रहेको बैंकले घर कर्जा कम्तिमा ९.८५ प्रतिशत ब्याजमा मात्र दिन्छ । सवारी साधन कर्जा १०.८५ प्रतिशत लिन्छ ।

ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमइ बैंकले ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत निर्धारण गरेको छ । ५ वर्षमाथिको अटो लोनको ब्याज ११.९९ प्रतिशत रहेको छ ।

नेपाल एसबीआइ बैंक

नेपाल एसबीआइ बैंककोे ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्छ । १० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्छ ।

सनराइज बैंक

सनराइज बैंकले समय अवधि हेरेर ब्याजदर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ । १५ वर्षसम्मको घर कर्जाका लागि साढे ११ प्रतिशत व्याज पर्छ । ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११ प्रतिशत पर्छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ५ वर्षसम्मको शिक्षा कर्जाका लागि साढे ९ प्रतिशत पर्छ ।

१५ वर्षसम्मको हाउजिङ कर्जा लिनु परे ११.९८ प्रतिशत छ । सवारी कर्जा लिनु परे साढे ११ प्रतिशतसम्म ब्याज पर्छ ।

नबिल बैंक

नबिल बैंकले १ वर्षसम्मको स्पेसल अफर बाहेक त्योभन्दा माथि अवधिको ब्याजदर निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशत रहेको छ । १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशतसम्म पुग्छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १० बर्षमाथिको घर कर्जा १२.७४ प्रतिशतमै दिन्छ । सात वर्षसम्मको निजी सवारी साधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराउने छ ।

सानिमा बैंक

सानिमा बैंकले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्ने छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । अटो लोन साढे १० प्रतिशत पर्छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले साढे १० देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ५ वर्षभन्दा माथिको अटो लोनको ब्याज १०.९९ प्रतिशत छ भने २० वर्षसम्मको घर कर्जाको ११.४९ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

प्रतिक्रिया