३० कर्मचारीमा कोरोना देखिएपछि विराटनगरको विद्युत प्राधिकरण बन्द

विराटनगर । नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्र अनिश्चितकालका लागि बन्द गरिएको छ ।

३० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र आज (शुक्रबार) देखि अनिश्चितका लागि बन्द गरिएको हो । कर्मचारीहरूकाे बिहीबार र बुधबार रिपाेर्ट आएको हो ।

अहिले महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरण बन्द गरिएको छ ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रमा स्थायी र करार गरेर १८० कर्मचारी छन् ।

प्रतिक्रिया