एनएमबि बैंक ‘लुम्बिनी उर्जा’ काे अग्रणी वित्तकर्ता

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेकाे छ । यस परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत रु ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल रु. ३.५० अर्बको हुनेछ । यो आयोजना समेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

प्रतिक्रिया