कोरोना संक्रमित सशस्त्र प्रहरी जवानको मृत्यु
२०७७ असोज ३० गते

प्रतिकात्मक तस्विर
काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट सशस्त्र प्रहरी जवानकाे मृत्यु भएकाे छ ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार राति ११:३० बजे मृत्यु भएकाे हाे । सशस्त्र प्रहरीका २५ वर्षीय ती जवान मुस्ताङमा कार्यरत थिए । उनकाे घर बागलुङको ढोरपाटन नगरपालिका–७ मा पर्छ ।
मृतक जवानमा असाेज २७ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
२०७७ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित









