गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५३ जना संक्रमितहरु थपिएका हुन् ।

नयाँ संक्रमितहरुमा कास्कीका १९ जना, नवलपरासी पूर्वका १५ जना, बाग्लुङका ७ जना, तनहुँका ६ जना, लमजुङका २ जना, गोरखाका ४ जना रहेका छन् । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ५४०९ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३४७० जना ठिक भएका छन् ।

प्रतिक्रिया