काठमाडौं उपत्यकामा थपिए १,९३४ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार एकैदिन एक हजार ९३४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया