महिला तथा बालबालिका समितिकी सभापति पाललाई कोरोना पोजेटिभ

काठमाडौं । संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई कोरोना पोजेटिभ भएको छ । दुई दिन अघि कञ्चनपुर पुगेकी सभापति पालले आफुलाई कोरोना पोजेटिभ भएको बताएकी छन् ।

पछिल्लो समय बलात्कारका घटनामा अपराधीलाई कठोर कानुन निर्माण गर्ने तहमा सक्रिय रहेकी नेतृ आफुलाई कसरी संक्रमण भयो थाहा नभएको बताउँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह पनि गरेकी छन् ।

‘मलाई पनि कोरोनाले छोडेन । कसरी लाग्यो थाहा भएन । रुघाखोकि, हल्का ज्वरो, सास फेर्न गाह्रो भएर, जिउ मर्नेगरी दुखेपछि स्वाब दिँदा पोजिटिभ देखियो ।’ नेकपा नेतृ पालले भनेकी छन् ।

उनले आफु यति छिट्टै हार नखाने स्वभावकी भएकीले राजनीति र समाजका लागि धेरै काम गर्न बाँकी रहेको बताएकी छन् ।

‘धेरै काम गर्न बाँकि छ, बलात्कारीका लागि कडा कानुन बनाउन बाकिँ नै छ, कञ्चनपुरको बिकास निर्माणका धेरै काम बाँकि नै छन ।’ कञ्चनपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद पालले भनेकी छन् ।

उनले समतामूलक समाज निर्माणको अभियान पुरा नभई सकेको र महिला समितिले आफ्नै नेतृत्वमा गर्नुपर्ने काम धेरै बाँकि रहेको बताउँदै आफु कोरोनालाई जितेर छिट्टै फर्कने बिस्वास गरेकी छन् । नेतृ चौधरीलाई अहिले स्वास फेर्न गाह्रो भएको तथा खोकी बेस्सरी लागेकोले बोल्न नसक्ने भएकी छन् ।

 

प्रतिक्रिया