भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २ दिन बाँकी : एनआईसी बैंक

काठमाडाैं । एन.आई.सी एशिया बैंकमा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २ दिन मात्रै बाँकी छ ।

एन.आई.सी एशिया बैंकले काेभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेकाे अवस्था छ । ०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको ०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ । यस योजनामा सहभागी हुन अब मात्र २ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा आह्वान गरेकाे छ ।

असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया