नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

 

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै नियुक्ति गरेका तीन मन्त्रीले बिहीबार (आज) शपथ ग्रहण गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोापाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले आज बिहान शपथ लिएका हुन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र श्रेष्ठद्वयलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

प्रतिक्रिया