कोरोना संक्रमित प्रहरीको संख्या ५,३२९ पुग्यो

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । अग्रपंक्तिमा खटिएका प्रहरीहरु पनि संक्रमणमा परेका छन् ।

अहिले कोरोना संक्रमित प्रहरीको संख्या ५ हजार ३२९ पुगिसकेको अवस्था छ । संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ३६५ सहित उपत्यकाका मात्रै एक हजार १०६ जना रहेका छन् ।

हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया