पछिल्लो २४ घण्टामा वीपीमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धरानका दुई, इटहरी र तेह्रथुमका एक–एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

धरान–९ का एक ४४ वर्षीय महिलामा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी २८ गते वीपीको कोभिड अस्पताल भर्ना भएका थिए । उनको २८ गते दिउँसो ३:१५ मा मृत्यु भएको हो ।

यस्तै धरान–९ कै ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज २५ गते कोरोना रिपोर्ट पोजेटिभ आएका उनी २८ गते कोभिड अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा २८ गते राति ११:५५ मा मृत्यु भएको हो ।

यस्तै इटहरी–२० कि ७५ वर्षीय महिलाको २९ गते राति र तेह्रथुमका ३१ वर्षीय पुरुषको सोही दिन बिहान ७:१५ मा मृत्यु भएको हो । ती महिलामा २८ गते कोरोना पोजेटिभ देखिएको थियो भने पुरुषमा असोज १० गते कोरोना पुष्टि भएको थियो । दुवैको वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया