यस्तो छ आज र भाेलीको मौसमी विवरण

काठमाडौं । बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेकोले मुलुकको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज असोज २९ गते (बिहिबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा महाशाखाको पूर्वानुमान छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातीभने, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू–भागमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

भोली असोज ३० गते (शुक्रबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डfकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली हुँदा देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया