मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

चितवन । चितवनमा उपचाररत मकवानपुर हेटौंडाका कोरोना संक्रमित एक पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।

हेटौंडा उप-महानगरपालिका-९, प्रगतिटोल बस्ने ६६ वर्षीय पुरुषको साँझ ६:१५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

उनलाइ असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भए पछि भरतपुर अस्पताल भर्ना गरिएको थियो ।

भर्ना भएको भोलि पल्ट अर्थात २८ गते कोभिड १९ संक्रमण पुष्टि हुनुका साथै स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।

प्रतिक्रिया