विस्वसनीय नभएपनि शुल्क लिएर ‘एन्टिजेन’ परीक्षण गर्ने सरकारको तयारी

काठमाडौं । विस्वसनीय नभएपनि सरकारले शुल्क लिएर कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरेबापत एक हजार शुल्क लाग्ने जानकारी दिएका छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताएका छन् ।
प्रयोगशालाहरूले परीक्षण गरेपछि पोजेटिभ नतिजा आए इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउनु पर्नेछ । भने, नतिजा नेगेटिभ आए सम्बन्धित व्यक्तिहरूलाई नै जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिए पनि यसलाई कतिपय विज्ञहरूले विश्वसनीय नभएको भन्दै प्रयोग नगर्न सल्लाह दिइरहेका छन् ।
एन्टिजेन विधिबाट परीक्षण गर्दा भाइरस समात्ने सम्भावना निकै कम हुने भन्दै विज्ञहरूले यसको प्रयोग गर्नु घातक हुनसक्ने औंल्याएका हुन् । तर, सरकारले परीक्षण गर्न भनेको छ ।








