चितवनमा ७ देखि ९६ बर्ष उमेरकालाई कोरोना संक्रमण

चितवन । चितवनमा मंगलबार ९६ बर्सिया एक वृद्धासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन राप्ती नगरपालिका ११ कि ९६ बर्सिया महिलामा कोरोना पुष्टि भएको हो ।

राप्तिको सो वडा पहाडी भेगमा पर्छ । त्यस्तै, भरतपुर ११ कि ७ बर्सिया एक बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुसहित जिल्लाका थप २९ जना पनि कोरोना पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

जिल्लाको भरतपुरका २० जना, खैरहनिका ३ जना, राप्ती र कालिकाका २’२ जना, रत्ननगर र माडिका १र१ जनामा संक्रमण पुष्टि भएको हो । चितवन बाहेक कास्की, नवलपरासी, बेनिघाट र सुर्खेतका १र१ जनामा पनि संक्रमण देखिएको छ ।

मंगलबार २५२ वटा नमूना परिक्षण गरिएकोमा २१९ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

प्रतिक्रिया