सरकार खोज्न थाल ठटाउँदै पत्रकार

काठमाडौं । पत्रकार सरकार खोज्न थाल ठटाउँदै बालुवाटार पुगेका छन् । सञ्चारगृहबाट पीडित भएका पत्रकार तथा कर्मचारीहरु सरकार खोज्दै थाल ठटाउँदै बालुवाटार पुगेका हुन ।

नेपाल पत्रकार महासंघको श्रमजिवी हित प्रवद्धन समिति तथा सञ्चारगृहका पिडित पत्रकार कर्मचारी संयुक्त सघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रर्दशन गरेका हुन् ।

श्रमजिवी पत्रकार ऐन कार्यान्वयन नभएको र सञ्चालकहरुबाट पत्रकार तथा कर्मचारीले कोरोना महामारीको यो संकटमा थप मारमा परेको तर सरकारले कुनै चासो नदेखाएको कारण प्रदर्शन गर्नुपरेको आन्दोलनकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया