गर्भवती महिलाकाे अल्ट्रासाउण्ड गर्ने नक्कली डाक्टर प्रहरीकाे फन्दामा
२०७७ असोज २७ गते

पर्सा । वीरगञ्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
तेलीले डाक्टर शिवशंकर (DR. S. S. Yadav) को नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२०७७ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








