असोज २७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज २७ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–एकादशी,१० घडी ०१ पला,बिहान १० बजेर ०३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–मघा,३५ घडी ०२ पला,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–शुभ,२४ घडी २२ पला,दिउसो ०३ बजेर ४८ मिनेट उप्रान्त शुक्ल । करण– बालव,बिहान १० बजेर ०३ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर १६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २८ घडी ४९ पला । परमा एकादशी व्रत । प्राकृतिक विपत्ति न्यूनिकरण दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ०३ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ०४ मिनेटदेखी बिहान ७ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ३१ मिनेटदेखी बिहान ८ बजेर ५६ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ५७ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ५० मिनेटदेखी दिउसो १ बजेर १६ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १७ मिनेटदेखी दिउसो २ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ४३ मिनेटदेखी बेलुकी ४ बजेर ०९ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर १० मिनेटदेखी बेलुकी ७ बजेर ०९ मिनेटसम्म काल बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०२ बजेर ४२ मिनेटदेखी बेलुकी ०४ बजेर ०८ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुसि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समस्या र उल्झन सुल्झाउने महत्वपूर्ण आज हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय उत्तम रहेकोछ । खानपिन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धन भावमा रहेको कमजोर चन्द्रमाले विवाद र झगडामा पछि हट्नु नै राम्रो हुनेछ । धन तथा सम्पती सापटीको रुपमा कसैलाई नदिनुहोला,फिर्ता हुन गाह्रो रहेकोछ । नयाँ कामको लागि समय मध्ययम रहेकोछ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । घरपरिवार तथा कुटुम्बसँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । तरपनि लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यावसाय फस्टायर जानेछ भने पानी तथा खनिज पदार्थको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ । अध्ययनमा मन जाने हुनाले बिद्यामा प्रगति हुनेछ । प्रेम प्रशङगमा सफतला प्राप्त हुनेछ । दाजुभाई बाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । तरपनि खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । साना तिना स्वास्थ्य सम्बन्धी समस्या आउनेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारि पदमा बसेर सेवा पबाह गर्नेहरुले समयमा तपाईको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विछोडिएका आफन्त तथा परिवारजनसँग भेटघाट हुनेछ । खानेकुरा र औषधीजन्य सामानको व्यापार व्यावसायको कारोबारमा वृद्धि हुनेछ भने रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिनेछ । अग्रज तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ भने प्राविधिक कामबाट विशेष सफलता हात पार्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया