एनआईसी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा फाइदै फाइदा

काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले वडादशैं, दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam / Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

पछिल्लो पटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले Sastodeal र Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म,Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी नगद फिर्ता लिन सक्नेछन् ।

चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउन बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । साथै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा सक्नेछन् ।

जुनसुकै राष्ट्रिय अन्तर्राट्रिय बैंककाे भुक्तानी सेवा

बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइवर सोर्स मार्फत जुनसुकै राष्ट्रिय अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा बैंकको साइबर सोर्स अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहकहरूको भुक्तानी रकम सिधै बैंक खातामा प्राप्त गर्न सक्नेछन् । बैंकले ल्याएको यस नवीनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहकहरुलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने बैंकले लक्ष्य लिएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा नविनतम प्रविधिद्वारा सेवा प्रदान गर्दै आईरहेको बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न विभिन्न योजनाहरू जस्तै ई–कमर्शमार्फत किनमेल, ह्याप्पी आवर, सुपर सिक्स क्याम्पियन आदिबाट ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै आएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन

बैंकले विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहकहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ । यसै क्रममा बैंकले मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

साथै ग्राहकहरूले MoBank बाट भुक्तानी गर्दा ह्याप्पी आवर योजनाबाट रू. ४००/–, सुपर सिक्स क्याम्पियन योजनाबाट रू. ५००/– तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank मार्फत कारोबार गर्दा रू. ५००/– गरी मासिक रुपमा रू. १,४००/– सम्मको नगद फिर्ता प्राप्त गर्ने योजना सञ्चालन गरिरहेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेहरूको संख्यामा तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यास लेस इाकेनोमी बनाउन सहयोग पुर्याउन बैंकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको छ ।

 

प्रतिक्रिया