नेपाली महिलालाई भारतको कोठीमा पुर्याउने मेलम्चीका तामाङ पक्राउ
२०७७ असोज २५ गते

काठमाडौं । नेपाली युवतीलाई भारतको कोठीमा लगेर बेच्ने एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय तामाङलाई शुक्रबार पक्राउ गरेको हो । उनीमाथि २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलबमा काममा लगाउने प्रलाेभनमा पारी भारतको मुम्बई पुर्याएर बेचेकाे अभियाेग छ ।
शक्ति समूह नामक संस्थाले ती महिलाको गत वर्ष भदौ ५ गते उद्दार गरी नेपाल ल्याएको थियो । नेपाल फर्किएकै दिन ब्युरोमा उजुरी परेको थियाे ती महिला अहिले सोही संस्थाको संरक्षणमा छिन् ।
पक्राउ परेका तामाङमाथि प्रहरीले अनुसन्धान जारी राखेकाे छ ।
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








