४ लाख ९७ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा ४ लाख ९७ हजार बढी नगदसहित १३ जना पक्राउ परेका छन् ।

भक्तपुरकाे सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्र कुमार थापा लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ९ हजार ३ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै चितवनकाे कालिका नगरपालिका-४ स्थित ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय बल बहादुर नेपाली लगायत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख २९ हजार ७ सय ८० रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो । फरार रहेका उक्त कटेजका सञ्चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।

उता नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-२ गैह्री टोलस्थित ईभान कटेज एण्ड रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय हेमकान्त चौधरी लगायत ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा १लाख ५८ हजार ८ सय ८० रुपैयाँ नगद र तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया