एनएमबी बैंकबाट किआ अटोमोबाइलका गाडीहरुमा २४ घण्टाभित्रै अटो लोन

काठमाडाैं । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किआ (KIA) अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत श्री सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरे ।

उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लि. द्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीले जनाएकाे छ । दुवै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिने र ग्राहकसँगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्ने बैंककाे विश्वास छ ।

प्रतिक्रिया