आईपीएल : चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ । दुबईमा गएराति भएका खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

यो जितसँगै बैंगलोरले ६ खेलमा चौथो जित हासिल गरेको छ । बैंगलोरले २ खेलमा हार बेहोरेको छ । त्यस्तै चेन्नईको भने यस सिजनमा यो पाँचौ हार हो । चेन्नईले खेलेका ७ खेलमा ५ हार र २ जित हासिल गरेको छ ।

प्रतिक्रिया