चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
२०७७ असोज २४ गते

चितवन । चितवनका कोरोना संक्रमित एक पुरुषको शनिबार मृत्यु भएको छ । भरतपुर १ का ४७ बर्सिय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भए पछि ती पुरुषलाई शुक्रबार भरतपुर अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनमा कोरोन संक्रमण पुष्टि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दा गर्दै बेलुका ६ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।
२०७७ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित









