प्रेस संग्रहालय स्थापना गरिने

काठमाडौं । प्रेस काउन्सिल नेपालले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन अनुसन्धानमा सघाऊ पुराउने उद्देश्यले प्रेस संग्रहालय स्थापना गर्ने भएको छ । काउन्सिलले सूचना प्रकाशित गर्दै सोको लागि सञ्चारसँग संवद्ध ऐतिहासिक सामग्री पठाउन समेत भनेको छ ।

उक्त संग्रहालयमा संग्रह गर्ने सामानको खोजी प्रारम्भ भैरहेको बताउँदै काउन्सिलले त्यस्ता ऐतिहासिक सामग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने निःशुल्क प्राप्त हुन नसकेको खण्डमा स–शुल्क खरिद गरी संग्रह गर्ने भनेको छ ।

सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायतका सामाग्री रहेको भए काउन्सिलमा उपलब्ध÷जानकारी गराउन पनि अनुरोध गरीएको छ ।

काउन्सिलको नीतिअनुसार उपलब्ध हुने सामान सम्बन्धित व्यक्ति वा संस्थाको नाम/नामेसी सहित संग्रहालयमा राख्ने गरी निःशुल्करूपमा उपलब्ध गराउन वा सोअनुसार सम्भव नभए खण्डमा स–शुल्क खरिद गरिने पनि भनेको छ ।

प्रतिक्रिया