माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाईट होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाईट होटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

बैंकले छुट्टै–छुट्टै मितिमा सम्झौता गरेको हो । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटर क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।

बैंकले १ सय ६० वटा शाखाहरु, १ सय ३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २ सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया