एनआईसी एशिया बैङ्कद्वारा १० लाख दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैङ्कले न्यु सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैङ्कले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको हो ।

बैङ्कको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवी शर्मालाई उक्त रकम भुक्तानी गरिएको बैङ्कले जनाएको छ ।

हाल बैङ्कको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैङ्कले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ ।

अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रूपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च बापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरङ्ग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउने छन् ।

बैङ्कको बीमा सहितको निक्षेप योजनाअन्तर्गत देशभरका २४६ जना भन्दा बढी ग्राहकले बीमा बापतको रू.१ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने बैङ्कले व्यवस्था गरेको छ ।

प्रतिक्रिया