एक लाख बढी नगदसहित ११ जुवाडे पक्राउ
२०७७ असोज २१ गते

प्रतिकात्मक तस्वीर
कैलाली । कैलालीबाट तास खेलिरहेकाे अवस्थामा ११ जुवाडे पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका-१० आमखोया बस्ने टेक बहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायत समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।
उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रुपैयाँ, २ गड्डी तास र १ थान मण्डी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
२०७७ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








