ग्लोबल आइएमई र स्पर्श लघुवित्तबिच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त र स्पर्श लघुवित्तबिच सम्झौता भएको छ । ग्लोबल आइएमईको असोज २० गते बसेको सञ्चालक समितिको ११८ औँ बैठकले सो निर्णय गरेको हो ।

निर्णय बमोजिम आज स्पर्श लघुवित्तका अध्यक्ष प्रा.डा.सुशिल भक्त माथेमा र ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धि अकेलाले सहमतिमा हस्ताक्षर गरे ।

कास्कीमा रहेको स्पर्श लघुवित्तले ग्लोबल आईएमई लघुवित्तलाईप्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्ताव पठाएको थियो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको असोज २० गते बसेको सञ्चालक समितिको ११८ औँ बैठकले उक्त प्रस्तावमा निर्णय गर्दै सहमति गरको हो ।

उक्त संस्था प्राप्त गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने र व्यवसाय कारोबार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि हुने बैंकको अपेक्षा छ ।

यस्तै व्यापक पहुँचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भइ संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने विश्लेषणका आधारमा स्पर्श लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरिएको आईएमई लघुवित्तले जनाएको छ ।

२० गते दुवै पक्ष बिच प्राप्ती सम्बन्धि सहमति पत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर सम्पन्न भएकाे संस्थाले जनाएकाे छ ।

प्रतिक्रिया