माङहिम निर्माण समिति गठन : विकास निर्माणको जिम्मा स्थानीय आफैले लिने

सरिता लिङदेन
झापा । झापाको हल्दीबारी गाउँपालिकाका स्थानीयले विकास निर्माणको जिम्मा आफै लिन थालेका छन् । गाउँपालिकाका सबै वडामा हुने धार्मिक महत्वका साथ पर्यटकीय स्थल बनाउन एक जुट हुने उद्देश्यले विकास निर्माणको जिम्मा स्थानीय आफैले लिन थालेको हुन् ।

धार्मिक तथा पर्यटकीय विकासमा स्थानीयको सहभागितालाई प्राथमिकता दिन माङसेवा बाबुराम पन्धाकको अध्यक्षतामा हल्दीबारी गाउँपालिकामा माङहिम निर्माण समिति गठन गरिएको छ । कार्यक्रममा गाउँकै अध्यक्ष रवीन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यतारहेको थियो ।

धार्मिक तथा पर्यटकीय विकासको सम्पूर्ण जिम्मा स्थानीयलाई दिएको बताउँदै गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रवीन्द्र प्रसाद लिङदेनले अबको टोल–टोलमा हुने धार्मिक तथा पर्यटकीय विकास निर्माणदेखि सबै कामको अगुवाइ स्थानीयले गर्ने बताएका छन्।

जहाँ ‘धार्मिक महत्त्वका साथ पर्यटकीय स्थल बनाउन एक जुट होऊ’ भन्ने नाराका साथ झापाको हल्दिबारी गाउँपालिकामा माङहिम निर्माण समितिले काम गर्ने छ । जसका लागि आत्मानन्द सेवालुङ माङहिम समिति हल्दीबारी–१ गोलधापका अध्यक्ष पूर्ण बहादुर लिङ्गदेन रहने गरी ११ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रेम माया ईमबुङ्ग, सचिवमा गीता राई, कोषाध्यक्षमा टिका सिगू, सह–सचिवमा भीष्म लिङ्गदेन रहेको छन् । त्यस्तै सदस्यहरूमा नेत्र प्रसाद पौडेल, सोमनाथ सुबेदी, पुष्प चौधरी, कुमार गजमेर, आशिक अब्दुल, तिल बहादुर सिगु रहेको छन् ।

त्यस्तै ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा डम्बर बहादुर सिंगु, टिका पौडेल, टोलनाथ सुबेदी, हर्क लिङदेन, दियाली सिंह लिङदेन, सुरेश लिङदेन र दिल कुमार लिङदेन रहेका छन् ।

नव गठित समितिका अध्यक्ष पूर्ण बहादुर लिङदेनले धार्मिक पर्यटनको विकासका लागि आफूहरूले सक्रिय भएर काम गर्ने बताए।

सबैले विकास गरेर देखाउँछन् भन्ने बनाउन गाउँपालिकाले यस्तो काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेनले बताए। उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा १ को खण्ड ‘क’ मा उल्लेख गरिए बमोजिम नै टोल विकास संस्था गठन गरिएको बताए । सोही अनुसार विभिन्न समितिहरू पनि गठन हुने क्रम जारी रहेको उनको भनाइ छ ।

आत्मानन्द सेवालुङ माङहिम समिति हल्दीवारी–१ गोलधापका नव गठित अध्यक्ष पूर्ण बहादुर लिङदेनले आफ्ना स्वर्गीय बुबा भारतीय भुपु सैनिक बलबहादुर लिङदेन र स्वर्गीय आमा कुमारी थेवेको स्मृतिमा २ कठठा जग्गा समेत दान गरेका छन् ।

गाउँपालिका प्रमुख लिङदेनले बुधवार टोल विकास संस्थालाई प्रमाणपत्र हस्तान्तरण गर्दै नमुना गाउँपालिका बनाउन समितिका अध्यक्षलाई आग्रह गरे ।

विकासको अगुवाइ गर्न समाजसेवीहरूको नेतृत्व बनाइएकोमा बिर्तामोड नगरपालिका–५ का वडा अध्यक्ष राजेन्द्र प्रकाश लिङदेन लगायतका विशेष अतिथिहरूले नयाँ कामको थालनी गरेको भन्दै स्थानीय सबैले धन्यवाद दिएका छन्।

प्रतिक्रिया